Media Network

आइजीपी नियुक्ति विरुद्धको रिटमा सुनुवाई जारी


खबरस्टोरी संवाददाता

५ असार २०७९,आईतवार

काठमाडौँ।  नेपाल प्रहरीको आइजीपी नियुक्ति विरुद्धको रिटमा सुनुवाई भैरहेको छ । सर्वाेच्च अदालतका कायम मुकायम प्रधान न्यायाधीस दीपक कुमार कार्की र न्यायाधीस कुमार चुडालको संयुक्त इजालसमा सुनुवाई भैरहेको छ । 

सरकारले वरियता मिच्दै आफुभन्दा जुनियर धिरजप्रताप सिंहलाई आईजीपी बनाएपछि एआईजी विश्वराज पोखरेलले मुद्दा दर्ता गरेका थिए । 

पेखरेलका तर्फबाट अधिवक्ता पूर्णमान शाक्य र राधेश्याम अधिकारीले बहस गरिसकेका छन् । त्यसपछि जारी बहसमा आएका अधिवक्ता हरि उप्रेतीले आईजीपी धीरजप्रताप सिंह असफल भइसकेको बताए ।

‘धीरजप्रतापले यसअघि देखाउन लायक एउटा कुनै काम गरेका छैनन्। त्यही भएर उनले आईजी भएको १२ दिनपछि भएको स्थानीय तह निर्वाचन सुरक्षामा गरेको काम लिखित जवाफमा पेश गरेका हुन्’, उनले भने, ‘उनले आफ्नो क्षमता चुनावमा खेलेको भूमिकाले पुष्टि गर्छ ।’

अदालतमा एआईजीमा बढुवामा जसको विरुद्ध मुद्दा विचाराधिन अवस्थामा रहेको छ त्यहि व्यक्तिलाई सरकारले आईजी नियुक्ति गर्नुपर्ने त्यस्तो के आईपर्यो उनले भने। 

१७ महिना सिनीयरलाई छाडेर १८ गते आईजी बनेको धिरजप्रतापले ३० गतेको स्थानीय तहको निर्वाचन सम्पन्न गरेको भन्दै अदालतमा पेश भएको प्रतिउतरको कुनै तुक छैन , यति छोटै समयमा कार्य सम्पादन मुल्याकन भईसक्यो? जबकी मुल्याकनको फारम त असार देखि साउनमा भरिन्छ, दज्यानी चिन्ह लगाएसकेपछि अदालतले केहि गर्न मिल्दैन भन्ने मान्यता गलत हो उनले भने। 

पोखरेलले दायर गरेको रिट यस अघि देखि सर्दै आएको थियो । यो रिटमा जेठ ३० गतेबाट सुनुवाइ सुरु भएको हो । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद