Media Network

आजको लागी पेशी तोकिएको पल शाहको थुनछेक मुद्धाको सुनुवाइ निवेदक बाटै स्थगित


खबरस्टोरी संवाददाता

१२ जेष्ठ २०७९,बिहीबार

पोखरा । नाबालिकालाई बलत्कार गरेको आरोपमा पुर्वपक्षका लागि थुनामा रहेका अभिनेता पूण विक्रम शाह (पल शाह) को  विहीबार सुनुवाई हुने भनिएको थुनछेक मुद्धा स्थगित भएको छ । 

निवेदक पल शाह पक्षका वकिलले नै विहीबार हुने भनिएको थुनछेक सुनुवाई स्थगित गर्न माग गर्दै अदालतमा निवेदन दिए पछि आजको सुनुवाई स्थगित भएको जनाइएको छ ।

एक नाबालिकाले शाह विरुद्ध मुद्धा दर्ता गरेपछि तनहुँ जिल्ला अदालत र नवलपुर जिल्ला अदालतले शाहलाई पूर्व पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । शाहले यी दुबै अदालतको आदेश विरुद्ध उच्च अदातल पोखरामा पुनरावेदन दर्ता गराएका थिए ।

यस अघि उच्च अदालत पोखराले दुवै जिल्ला अदालतलाई एक साथ यो मुद्धाको मिसील उच्च अदालतमा पेश गर्न आदेश दिएको थियो । सोही आदेश बमोजीम जिल्ला आदालतले मिसील उच्च अदालत पोखरामा पेश गरे पछि उच्च अदालतले बिहीवारको लागि शाहको मुद्धा पेशी सूचिमा राखेको थियो । 

पल शाहको थुनछेक आदेशका सम्बन्धमा परेको पुनरावेदनको निवेदन न्यायाधीशद्वय ऋषि राजभण्डारी र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासमा परेको थियो । बलत्कार आरोपमा पुर्पक्षमा रहेका अभिनेता शाहले आफु निर्दाेश रहेको भन्दै थुना बाहिर बाट नै मुद्धाको पुर्पक्ष गर्न पाउनु पर्ने माग राखेका छन् ।

उच्च अदालत पोखराले शाहलाई धरौटीमा थुनामुक्त गरेर मुद्धा लड्न भन्ने की जिल्ला अदालतको आदेशलाई नै सदर गर्ने भन्ने सम्बन्धमा आदेश दिनेछ । 

  


Share:
Reaction :
ताजा समाचार
खेलकुद