आरआरमा शिक्षक कुट्ने बिधार्थी कलेजबाट निष्काशित


खबरस्टोरी संवाददाता
८ पुष २०७८, बिहीबार
आरआरमा शिक्षक कुट्ने बिधार्थी कलेजबाट निष्काशित

काठमाडौँ। आन्तरिक परीक्षामा चिट चोर्न नदिएको भन्दै रत्न राज्य क्याम्पसमा शिक्षक कुट्ने विद्यार्थी कलेजबाट निष्काशन भएका छन् ।मंगलबार बिहान आर आर कलेज भृकुटीमण्डपमा शिक्षक प्रकाश पुडासैनीमाथि कुटपिट भएको थियो ।

स्नातक दोस्रो वर्षमा अध्ययनरत छात्र कुँवेर जेठारालाइ क्याम्पसले कारवाही गरेको विज्ञप्ती सार्वजनिक गरेको छ ।