Media Network

अखाद्य वस्तु बिक्री वितरण गर्ने दुई कम्पनी सिल


खबरस्टोरी संवाददाता

१० फाल्गुन २०७८,मंगलवार

ललितपुर।  अखाद्य वस्तु बिक्री वितरण गर्ने दुई वटा कम्पनी सिल गरिएको छ।  ललितपुर महानगरपालिका–२७ सुनाकोठीमा रहेको स्पर्श फुड प्रोडक्ट एण्ड प्याकेजिङ कम्पनी प्रालि र श्रीतारा फुड्स एण्ड स्पाइसी प्याकेजिङ प्रालिमा प्रहरीले सिल गरेको हो । 

सिन्धुपाल्चोक बाडेगाउँ गाउँपालिका–१ घर भई हाल काठमाडौं ज्याठा बस्ने ४४ वर्षीय नर बहादुर श्रेष्ठले ती कम्पनी सञ्चालन गर्दै आएका थिए । ललितपुर सुनाकोठीमा केही व्यक्तिहरुले अखाद्य बस्तुहरुको उत्पादन एवं बिक्री वितरण गरिरहेको भन्ने गोप्य सूचना दिएपछि प्रहरी त्यहाँ पुगेको थियो । 

महानगरीय अपराध महाशाखा मिनभवन काठमाडौंबाट खटिएको बिशेष टोलीले खाद्य तथा गुण नियन्त्रण बिभाग बबरमहलको रोहबरमा दुबै कम्पनीबाट उत्पादित सबै अखाद्य सामग्री तथा कच्चा पदार्थहरु नष्ट गरी कम्पनीहरू सिल गरेको हो । 

खाद्य तथा गुण नियन्त्रण बिभागबाट अनुमति समेत नलिई विगत ३ वर्षदेखि दुवै कम्पनी सञ्चालनमा रहेको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ ।अनुसन्धानमा म्याद नाघेका र बजारमा बिक्री वितरण नभई फिर्ता भएका कुकिज बिस्कुट तथा सडेगलेका एवं म्याद नाघेका पाउरोटीहरुलाई पुनःधुलो बनाई कुकिज टोष्ट तथा अन्य बिस्कुटहरु बनाएर बजारमा बिक्री वितरण गर्दै आएको खुलेको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद