अमेरिकी सेनाको विशेष विमानबाट फ्लाएन भारतको दिल्ली हुँदै अपरान्तह १२ ः ३० मा काठमाडौं आइपुगेका छन् । उनले नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मासँग भेट गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
नेपालबाट प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणको तयारी चलिरहेको र प्रधान सेनापतिको भ्रमण तय भइसकेको अवस्थामा उनी नेपाल भ्रमणमा आएका हुन् ।
नेपाली सेनाका प्रधानसेनापति शर्मा पनि अमेरिकाको भ्रमणमा जाने तयारीमा छन् । उनी शान्ति सेनाहरु रहेको मुलुक हुँदै अमेरिका जाने कार्यक्रम तय भइसकेको छ ।