अमेरिकन पेस्तोलसहित जनकपुरधामबाट एक युवक पक्राउ


खबरस्टोरी संवाददाता
१५ असार २०७९, बुधबार
अमेरिकन पेस्तोलसहित जनकपुरधामबाट एक युवक पक्राउ
काठमाडौं । प्रहरीले अमेरिकन पेस्तोल सहित जनकपुरबाट एक युवकलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–९ का ३७ बर्षीय मनिष कुमार अधिकारी रहेको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषा बाट खटिएको प्रहरी टोलीले अमेरिकन पेस्तोल सहित अधिकारीलाई  आफ्नो नियन्त्रणमा लिएको प्रहरी नायव उपरिक्षक प्रदिपबहादुर क्षेत्रीले जनाएका छन् । 

उनको घरमा खानतलासी गर्नेक्रममा भान्सा कोठामा लुकाइ राखेको अवस्थामा एक थान पेस्तोल र एक राउण्ड गोली बरामद भएको  र घटना बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।