भरतपुर–७ कृष्णपुर खेलमैदान नजिक आइतबार साँझ करिब साढे ७ बजेतिर परियारलाई अज्ञात समूहले छुरा प्रहर गरेर हत्या गरेको थियो । उनलाई चितवन मेडिकल कलेज लैजादै गर्दा बाटोमा नै मृत्यु भएको थियो । हाल उनको सव चितवन मेडिकल कलेजमा रहेको छ ।
कांग्रेस निकट युवा विद्यार्थीहरुले घटना भएको यति समसम्म पनि प्रशासनले दोषी पत्ता नलगाएको र पार्टी नेतृत्वले पनि यस घटनालाई गम्भिरतापूर्व नलिएको भन्दै युवा विद्यार्थीहरुले सत्ता गठबन्धनले चुनावी प्रचारमा प्रयोग गरेको गाडीमा तोडफोड गर्नुको साथै सडक अवरूद्ध गरेका छन् ।
परियारको शवलाई प्रहरीले चितवन मेडिकल कलेजबाट पोष्टमार्टमका लागि भरतपुर अस्पताल लिने तयारी गरेको थियो । तर प्रदर्शनकारीहरुले घटनास्थलमा प्रहरी प्रशानस ढिलो पुगेको र उनलाई अस्पताल पुर्याउन ढीलो गरेको भन्दै शवसमेत उठाउन दिएका छैनन् ।
परियार नेपाली कांग्रेस पार्टीमा आबद्ध रहेको पाइएको छ । हाल चितवन मेडिकल कलेज वरवर प्रहरीले सुरक्षा व्यवस्थालाई कडा पारेको छ ।