Media Network

अनुसन्धान विभागको प्रमुखमा खरेल


खबरस्टोरी संवाददाता

२२ पुष २०७८,बिहीबार

काठमाडौं । सरकारले देशको एकमात्र गुप्तचरी निकाय राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा यदुलाल खरेललाई नियुक्त गरेको छ।बुधबार बसेको मन्त्रिपरिषद् बैठकले खरेललाई गुप्तचर प्रमुख बनाउने निर्णय गरेको हो ।मुलुकको प्रमुख गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीको यही २३ गते अवकाश हुने भएपछि खरेललाई गुप्तचर प्रमुख बनाउने निर्णय सरकारले गरेको हो। तीन वर्षे कार्यकाल सकिएपछि अधिकारी अनिवार्य अवकाशमा जान लागेका हुन्।

खरेल सात महिना मात्रै सो पदमा बहाल रहनेछन्। हालका प्रमुख अधिकारीको २३ पुसमा सकिँदैछ।

उनले आगामी ९ महिनासम्म गुप्तचर प्रमुखको नेतृत्व सम्हाल्न पाउने छन्। खरेलसँगै अतिरिक्त अनुसन्धान निर्देशकको रुपमा यादव प्रसाद रेग्मी थिए। उनीहरु दुई गुप्तचर प्रमुख बन्ने प्रतिस्पर्धामा थिए।

एमालेको तर्फबाट प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्याल मातहतमा लगेका थियो। हाल सो विभाग प्रधानमन्त्री कार्यालय मातहत रहेको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद