Media Network

अपराधको नयाँ शैली, युवतीमार्फत चलाइएको ‘हनी ट्रयाप ’ अपरेशन


खबरस्टोरी संवाददाता

३ असार २०७९,शुक्रबार

काठमाडौं । हनी ट्र्यापमा संलग्न गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। 

बिहीबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले दुई जना युवतीसहित ६ जनालाई पक्राउ गरेको हो।काठमाडौंका विभिन्न स्थानहरुमा अपराधिक गतिविधि गरेको भन्दै उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनका अनुसार पक्राउ पर्नेमा सूर्यविनायक–९ भक्तपुरकी १९ वर्षीया निकिता केसी, ढुसेनी–३ काभ्रेपलान्चोकका १८ वर्षीया मनिया परियार रहेका छन्। उनीहरुसँगै खोटाङका ३२ वर्षीय डिक ब. शर्मा, सुनसरीका ३० वर्षीय सन्जिब दर्जी, दोलखाका २५ वर्षीय निमा लामा र दोलखाकै ३० वर्षीय पासाङ लामा रहेका छन्।

 अपराधको शैली यस्तो 

निमा लामा नामका एक व्यक्तिले राजधानीको सोह्रखुट्टेमा ‘ब्लु बार’ नामको डान्स बार संचालन गरेका थिए । पछिल्लो समयमा पर्यटन व्यवसाय त्यसमा पनि होटल व्यवसायमा देखापरेको मन्दीले सबै व्यवसायीहरु चिन्तित थिए,सोही क्रममा ती लामाले पैसा कमाउने ध्येयका साथे आफ्नै डान्समा काम गरेकी मनिषा र निकितालाई परिचालन गरेर ‘हनी ट्रयाप’ धन्दा चलाउन थाले ।,

उक्त धन्दामा अधवैशे उमेरका पुरुषलाई मनिषाले समाजिक संजाल फेसबुक मार्फत साथी बनाउँथिन् । अनि, भेट्ने प्रस्ताव उनैले राखेपछि पुरुषहरु सहमत हुन्थे । गोदावरी, ठमेल र कोटेश्वर क्षेत्रमा पुरुषसँग भेट्थिन् । भेट्नासाथ उनले टाउको दुखेको बहाना बनाउँथिन् । एकान्तमा लैजान्थिन् । अस्वभाविक रुपमा नजिकिन्थिन् । अनि, पुरुषले सामान्य यौनिक व्यवहार प्रदर्शन गरेपछि उनी रिसाएर हिँड्थिन् । 

मनिषा परियार र हनी ट्रयापमा पारेर बोलाएको पुरुषलाई निमासहितका समूहले निगरानी गरिरहन्थे । युवती रिसाएर हिँडेपछि पुरुष पनि हिँड्छन् ।  अनि, उनलाई अरु पाँच जनाले पछ्याउँछन् । ‘पछ्याएर घर अथवा कार्यालय पत्ता लगाउँथे त्यसपछि फोन गरेर बार्गेनिङ गर्ने र पैसा लिने गर्दथे ।बार्गेनिङका क्रममा उनीहरुले कहिले वकिल त कहिले पत्रकार बनेर धम्काएर समेत पैसा असुल्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।




Share:
Reaction :
ताजा समाचार
खेलकुद