अश्लिल सामग्री प्रशारण गर्ने यूट्युबर पक्राउ


खबरस्टोरी संवाददाता
२२ असार २०७९, बुधबार
अश्लिल सामग्री प्रशारण गर्ने यूट्युबर पक्राउ
काठमाडौं । यूट्युब च्यानल मार्फत अश्लिलता झल्कने सामग्री प्रसारण गरेको अभियोगमा काठमाडौं महानगरपालिका–६ बौद्ध तीनचुले बस्ने नुवाकोट बेलकोटगढी नगरपालिका–७ महादेवफाँट घर भएका २२ वर्षीय प्रवेश लामालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । 

‘फोर रियल टीभी’ नामक यूट्युब च्यानल मार्फत अश्लिल शीर्षक राखी समाजमा अश्लिलता फैलाउने किसिमका भिडियोहरु बनाई उक्त च्यानल लगायत सामाजिक सञ्जालमा प्रसारण गरी विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा लामालाई  नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 

उनी उपर काठमाडौं जिल्ला अदालतबाट  ५ दिन  म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएकाे छ ।