Media Network

अदालत परिसरबाटै भागेका अभियुक्त ३ घण्टामै पक्राउ परे


खबरस्टोरी संवाददाता

६ असार २०७९,सोमबार

काठमाडौँ । लागूऔषध मुद्दामा म्याद थपको लागि काठमाडौं जिल्ला अदालत परिसरबाट फरार भएका अभियुक्त ठाकुरलाई प्रहरीले ३ घण्टाभित्रमा पक्राउ गरेको छ ।

सप्तरी कचन गाउँपालिका २ घर भएर काठमाडौं तिलगंगा बस्दै आएका २८ वर्षीय ठाकुरलाई प्रहरीले केही अन्तरालमै पक्रिएको हो। 

अदालतबाट भागेको सूचना ललितपुर र भक्तपुर प्रहरी इकाइ समेतलाई पठाइएको थियो। 

जिल्ला प्रहरी परिसरको उक्त विशेष प्रहरी इकाइ र प्रहरी प्रभाग कोटेश्वरबाट संयुक्तरुपमा खटिएको प्रहरी टोलीले परिणामतः चेकजाँचको क्रममा राति साढे ८ बजे कोटेश्वरस्थित आकाशे पुल नजिकबाट ठाकुरलाई पुनः नियन्त्रणमा लिएको हो।



Share:
Reaction :
ताजा समाचार
खेलकुद