अदालत परिसरबाट फरार व्यक्तिलाई तीन घन्टापछि प्रहरीले पक्रियो


खबरस्टोरी संवाददाता
६ असार २०७९, सोमबार
अदालत परिसरबाट फरार व्यक्तिलाई तीन घन्टापछि प्रहरीले पक्रियो
काठमाडौँ । नेपाल प्रहरीले अदालत परिसरबाट फरार व्यक्तिलाई कोटेश्वरस्थित आकाशे पुल नजिकबाट तीन घन्टापछि पक्राउ गरेको छ। 

आइतबार सप्तरीको कचन गाउँपालिका घर भई तिलगङ्गा बस्दै आएका अनिल ठाकुर जिल्ला अदालत काठमाडौंमा म्याद थपका लागि लैजाँदै गर्दा फरार भएका थिए।

लागुऔषध मुद्दामा म्याद थपका लागि अदालत लैजाँदा फरार भएका ठाकुरलाई आइतबार बेलुकी नै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताएका छन्।