Media Network

अवकाशको एकदिन अघि एआईजी लामाले लगाए फूली


खबरस्टोरी संवाददाता

६ जेष्ठ २०७९,शुक्रबार

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) धिरज प्रताप सिंहले प्रहरी नायब महानिरीक्षक (डीआईजी) बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका बसन्त कुमार लामालाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित एक समारोहबीच हालैमात्र एआईजी पदमा पदोन्नति भएका लामालाई आईजीपी सिंहले दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका हुन् ।

समारोहमा आईजीपी सिंहले पदोन्नति भएका एआईजी लामालाई बधाई दिँदै पदोन्नतिपछि प्राप्त नयाँ जिम्मेवारी र उत्तरदायित्व वहन गर्नको निम्ति सफल हुने विश्वास समेत व्यक्त गरेका थिए ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद