न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा परेको उक्त रिट हेर्न नमिलेको हो। गोलाप्रथाबाट पेशी तोकिएको सो रिट हिजो आईतबार पनि न्यायाधीश कुमार रेग्मीकै इजलासमा परेको थियो ।हिजो मात्रै अरु दुई थप डीआईजी घनश्याम अर्याल र प्रकाशजंग कार्कीको पनि रिट दर्ता भएको थियो। आइतबार भने डीआईजी ईश्वरबाबु कार्कीको रिटमा सुनुवाई हुने भनिएको थियो ।
डिआइजीत्रय वसन्तकुमार पन्त, धिरजप्रताप सिंह र रवीन्द्र बहादुर धानुक लगायतलाई सरकारले वरीयता मिचेर आफुहरु भन्दा कनिष्ठलाई बढुवा गरेको भन्दै असन्तुष्ट तीन डीआईजी सर्वोच्च पुगेका हुन् ।रिटको सुनुवाइ ढिला भइरहँदा उनीहरुको अवकाश हुने दिन नजिकिँदै गएको छ। तीनै डीआईजी वैशाख १९ गते अनिवार्य अवकाशमा जाँदै छन्।