Media Network

अवैध लागूऔषध सहित तीन जना पक्राउ


खबरस्टोरी संवाददाता

५ असार २०७९,आईतवार

काठमाडौं।  कञ्चनपुर र सुनसरीबाट तीन जनालाई अवैध लागूऔषधसहित प्रहरीले पक्राउ गरेको छ । कञ्चनपुरको बेलौरी नगरपालिका–१० भुडाबाट करिब २ सय २० मिलिग्राम अवैध लागूऔषध कालो हेरोइनसहित २ जनालाई शनिबार साँझ प्रहीले पक्राउ गरेको हो । 

पक्राउ पर्नेहरुमा टीकापुर नगरपालिका–९ बस्ने ३१ वर्षीय रबिन शाही र बेलडाँडी गाउँपालिका–२ ढकनिया बस्ने ६२ वर्षीय राजेन्द्र सिंह बिष्ट रहेका छन् । 

प्रहरी चौकी झिलमिला र सशस्त्र प्रहरी बल बिओपि भुडाबाट संयुक्त टोलीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । 

सुनसरीको धरान उपमहानगरपालिका–५ देउराली बस्ने रित बहादुर राईलाई करिव दुई किलो अवैध लागूऔषध गाँजासहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

विशेष ससूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त गाँजा सहित फेला पारी उनलाई पक्राउ गरेको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद