Media Network

बबरमहलमा कार दुर्घटना हुँदा तीन जना घाइते


खबरस्टोरी संवाददाता

१९ असार २०७९,आईतवार

काठमाडौं। आज बिहान काठमाण्डौको बबरमहलमा कार दुर्घटना हुँदा ३ जना घाईते भएका छन् । 

घाईते हुनेमा कार चालक भक्तपुर कमलबिनायकका २५ वर्षीय बिकाश बुढाथोकी, कारमा सवार सोही ठाँउका २७ वर्षीय जिनी चौरसीया र रामेछाप घर भई हाल कमलबिनायक बस्ने २१ वर्षीय जीवन गिरी रहेका छन् । 

घाईते हुने ३ जनाकै बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भैरहेको छ । घाईते मध्ये गिरीको अवस्था भने गम्भिर रहेको छ । 

आज बिहान पौने ३ बजे बा २ च ८५३३ नम्बरको कार आफै अनियन्त्रित भई सडकमा पल्टिएको प्रहरी वृत्त सिंहदरबारले जानकारी दिएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद