बूढानीलकण्ठ–३ घर भएकी ४० वर्षीय फूलमाया सुनारको शव फेलापरेको र घटनाबारे अनुसन्धान जारी रहेको प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए ।
बुधबार मध्याह्न भंगालमा निर्माणाधीन एउटा घरमा फूलमायाको शव फेलापरेको थियो । महिलाले लगाएको भित्री बस्त्रसमेत च्यातिएकोले घटना शंकास्पद रहेको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार अनुसन्धानका लागि बागलुङका लक्ष्मीनारायण केसीलाई पक्राउ गरिएको छ । पक्राउ परेका केसी सोही निर्माणाधीन घरको चौकीदार हुन् ।