चन्द्रपुर नगरपालिका– १ बागमती नदी किनारमा अवस्थित पर्यटकीय क्षेत्र नुनथर घुम्न आएका भारतको सितामाढी कोटबजार बस्ने वर्ष २७ को सुमन साह, वर्ष ३० का मयक अग्रवाल र सोही उमेर समूहका गोलुकुमार शनिबार साँझ नदीमा पौडी खेल्ने क्रममा डुबेको प्रहरीले जनाएको छ । उनीहरुसँगै नदीमा फसेका एक जनाको भने उद्धार गरिएको छ ।
अन्य दुई पर्यटक अझैसम्म फेला नपरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायव उपरीक्षक सन्तु जैसवारले जानकारी दिए ।
भारतीय नम्बर प्लेट बीआर०१एचएफ६६१९ नम्बरको कारमा घुम्न आएका ती पर्यटकलाई नदीमा पानीको बहाव र गहिराइको बारेमा जानकारी नहुँदा डुबेको उद्धार गरिएका पर्यटक सुमनले बताए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।