बाँके। बाँकेमा एक वृद्धको बाघले आक्रमण गर्दा मृत्यु भएको छ । राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ बाँकेका ६० बर्षीय धनबहादुर चलाउनेको बाघको आक्रमणबाट मृत्यु भएको हो ।
राप्ती पीडित सामुदायिक वनमा घाँस दाउरा गर्न गएका चलाउनेलाई बाघले शनिवार बिहान ८ बजेतिर आक्रमण लगेको थियो । प्रहरीको टोली र स्थानीयहले खोजतलास गर्दा उनको शब १० बजेतिर फेला पारेको थियो ।