Media Network

बिहे गर्छु भन्दै युवतीलाई गेष्ट हाउस पुर्याएर इज्जत र नगद लुटियो


खबरस्टोरी संवाददाता

७ असार २०७९,मंगलवार

काठमाडौँ। विवाह गर्छु भन्दै गेष्ट हाउसमा लागि एक युवतीमाथि बलात्कार गरेको आरोपमा प्रहरीले  एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक तिमाल गाउँपालिका ९ घर भई हाल बनेपा बस्ने २९ वर्षीय विश्व तामाङ हुन् ।

काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार विश्वले ललितपुरकी २४ वर्षीया युवतीलाई बलात्कार गरेका हुन् । तामाङ र युवतीबीच सामाजिक सञ्जाल इमोमार्फत् चिनजान भएको थियो ।

तामाङसंग जेठ २९ गते विवाह गर्न घरबाट भागेकी युवतीलाई भने,तामाङले आफ्नो घर लगेनन् । सोझै भोटेबहालको एउटा गेष्ट हाउस पुर्याए ।

तामाङले युवतीलाई गेष्ट हाउस पुर्याएकै दिन पेय पदार्थमा लठ्ठयाउने औषधी मिसाएर खुवाइदिए । त्यसपछि करणी गरे र युवतीको साथमा रहेको एक लाख रुपैयाँ,दुई तोला सुनको गहना र एउटा मोबाइल लुटेर भागेका थिए  ।

पक्राउ परेका तामाङमाथि जबरजस्ती करणी र चोरीसम्बन्धी कसुरमा अनुसन्धानका लागि जिल्ला अदालत, काठमाडौंबाट सात दिनको म्याद थप गरिएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद