Media Network

भक्तुपरको बोडेमा एक पुरुष मृत फेला


खबरस्टोरी संवाददाता

२९ जेष्ठ २०७९,आईतवार

काठमाडौं । भक्तपुरकोे मध्यपुर थिमि नगरपालिका– ८ बोडेस्थित लर्डबुद्ध स्कुल अगाडि निर्माणाधीन टहरामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । महानगरीय प्रहरी परिसर अनुसार स्थानीय ५१ वर्षीय कल्याण साहु आइतबार बिहान मृत फेला परेका हुन् ।

आइतबार बिहान स्थानीयले बोडेमा पुरुषको लाश घोप्टो परी रगताम्य अवस्थामा रहेको छ भन्ने खबर प्रहरीलाई गरेका थिए । 

उक्त निजलाई मारिएको आशंकामा केही शंकित व्यक्तिहरुलाई पक्राउ गरिएको भक्तपुर प्रहरीले जनाएको छ । शंकित व्यक्तिहरुलाई प्रहरी वृत्त ठिमीमा ल्याई थप अनुसन्धान भइरहेको भक्तपुर प्रहरीले जनाएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद