Media Network

भक्तपुरको हार्डवेयर गोदाममा भीषण आगलागी


खबरस्टोरी संवाददाता

१२ बैशाख २०७९,सोमबार

भक्तपुर। भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं.५ कमेरोटारस्थित राजन प्रजापतिले सञ्चालन गर्दै आएको हार्डवेयर गोदाममा  आगलागी भएको छ । आइतबार राति ९ बजेर १० मिनेटबाट सुरु भएको आगलागी राति साढे दुई बजे मात्रै नियन्त्रणमा आएकाे थियो ।

ग्रीन सि. ट्रेडिङ एण्ड राजन ग्रुपको बन्द हार्डवेयर गोदाममा अचानक आगलागी भएको थियो । आगलागीकाे खबर प्राप्त हुनासाथ घटनास्थलमा प्रहरी, सशस्त्र प्रहरी बल, सेना र दमकल पुगेकाे थियाे । आगलागीबाट अन्दाजी सात करोड पचास लाख बराबरको धनमाल नष्ट भएको अनुमान गरिएको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद