भक्तपुरको हार्डवेयर गोदाममा भीषण आगलागी


खबरस्टोरी संवाददाता
१२ बैशाख २०७९, सोमबार
भक्तपुरको हार्डवेयर गोदाममा भीषण आगलागी
भक्तपुर। भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं.५ कमेरोटारस्थित राजन प्रजापतिले सञ्चालन गर्दै आएको हार्डवेयर गोदाममा  आगलागी भएको छ । आइतबार राति ९ बजेर १० मिनेटबाट सुरु भएको आगलागी राति साढे दुई बजे मात्रै नियन्त्रणमा आएकाे थियो ।

ग्रीन सि. ट्रेडिङ एण्ड राजन ग्रुपको बन्द हार्डवेयर गोदाममा अचानक आगलागी भएको थियो । आगलागीकाे खबर प्राप्त हुनासाथ घटनास्थलमा प्रहरी, सशस्त्र प्रहरी बल, सेना र दमकल पुगेकाे थियाे । आगलागीबाट अन्दाजी सात करोड पचास लाख बराबरको धनमाल नष्ट भएको अनुमान गरिएको छ ।