Media Network

भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक नाबालिकाको मृत्यु, दुई घाइते


खबरस्टोरी संवाददाता

२९ चैत्र २०७८,मंगलवार

काठमाडौं।  भक्तपुरको साँगाबाट जगातीतर्फ आउँदै मोटरसाइकल दुर्घटना हुँदा एक नाबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार महिनाकी लोसाङ डोल्मा तामाङ रहेकी छिन् । 

मृतक बालिकाका बुबा बुद्ध तामाङले चलाएको बाग्मती प्रदेश ०२–०२१ प ६७६२ नम्बरको मोटरसाइकल मंगलबार बिहान अन्दाजी साढे ३ बजे दुर्घटना हुँदा लोसाङ गम्भीर घाइते भएकी थिइन् । उनको उपचारको क्रममा न्युरो अस्पताल काठमाडौंमा मृत्यु भएको हो  । 

बुबा बुद्ध र आमा सुस्मिता तामाङको भने भक्तपुरको सल्लाघारीमा रहेको डा. इवामुरा अस्पतालमा उपचार भैरहेको छ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद