Media Network

भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु, एकजना घाइते


खबरस्टोरी संवाददाता

४ असार २०७९,शनिबार

काठमाडौं । भक्तपुरको ठिमी नगरपालिका १ लोकन्थली मनहरा चोकमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु र एकजना घाइते भएका छन् । 

भक्तपुरबाट काठमाडौंतर्फ आउँदै गरेको बा ९८ प ४२७० नम्बरको मोटरसाइकल गएराति १२ बजे अनियन्त्रित भइ पल्टिएको प्रहरी वृत्त ठिमी भक्तपुरले जनाएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक ललितपुरको धापाखेलका २१ वर्षीय विजय श्रीमाली रहेका छन्।  गम्भीर घाइते भएका उनको उपचारका क्रममा कौशलटारस्थित भक्तपुर इन्टरनेशनल अस्पतालमा मृत्यु भएको हो । 

घाइते भएका मोटरसाइकलमा पछाडि सवार ललितपुरकै हात्तीबनका २२ वर्षीय रक्षक क्षेत्रीको सोही अस्पतालमा उपचार भइरहेको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद