Media Network

भक्तपुरमा टिपरको ठक्करबाट दुई जनाको मृत्यु


खबरस्टोरी संवाददाता

९ असार २०७९,बिहीबार

काठमाडौँ। अरनिको राजमार्ग सडकखण्डअन्तर्गत सूर्यविनायक नगरपालिका-८ आदर्शचोकस्थित टिपरले  ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार बिहीबार बिहान सवा २ बजे सूर्यविनायकबाट जगातीतर्फ जाँदै गरेको बा ८९ प ७८७६ मोटरसाइकल र विपरीत दिशातर्फबाट आउँदै गरेको बा ४ ख ५२९८ नम्बरको टिपर एकापसमा ठक्कर खाएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुई जनाको निधन भएको छ ।

मृत्यु हुनेमा भक्तपुर नगरपालिका-२ व्यासीका १९ वर्षीय निश्चल चौगुठी र सोही मोटरसाइकलमा सवार नामथर वतन नखुलेका २०/२१ वर्षका पुरुषको मृत्यु भएको भक्तपुर प्रहरी प्रवक्ता डीएसपी राजु पाण्डेले जनाए  ।

दुर्घटनाबाट सख्त घाइते दुवैको उपचारको क्रममा भक्तपुर अस्पतालमा मृत्यु भएको हो । टिपर चालक दोलखा मेलुङ गाउँपालिका-३ घर भई काठमाडौं सुकेधारा बस्ने ३५ वर्षीय धनबहादुर थोकरलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरू गरेको जनाएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद