भक्तपुरमा २१ वर्षीया युवती बलात्कृत


खबरस्टोरी संवाददाता
१४ असार २०७९, मंगलवार
भक्तपुरमा २१ वर्षीया युवती बलात्कृत
काठमाडौँ। भक्तपुरमा २१ वर्षीया एक युवतीमाथि जबरजस्ती करणी गरेको अभियोगमा एक जना पुरुष पक्राउ परेका छन् । सूर्यविनायक नगरपालिका-२ बालकोट बस्ने २५ वर्षीय मनिष खत्रीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

सूर्यविनायक नगरपालिका-९ बासघारीस्थित रुहोसा रिसोर्टमा मनिषले ती युवतीलाई जबरजस्ती गरेको भन्ने जानकारी प्राप्त हुनासाथ प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।