काठमाडौँ। महानगरीय अपराध महाशाखाले भन्सार छलीको मदिरासहित आज चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ३९ वर्षीय सन्तोष चन्द्र पोखरेल, ३० वर्षीय शैलेश पन्त, २८ वर्षीय रविन पाख्रिन र ४० वर्षीय नारायणप्रसाद घिमिरे छन् । काठमाडौंको सीतापाइला र चाबहिलबाट उनीहरुलाई पक्राउ गरिएको हो।
त्यस्तै यसबारे थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ ।