ललितपुरको जावलाखेलमा शुक्रबार दिउँसो गाडी दुर्घटना हुँदा घाइते भएकी उनलाई ललितपुरकाे सुमेरु अस्पताल भर्ना गरिएको छ ।
दाहाल चढेको गाडी ललितपुरको जावलाखेलस्थित स्टाफ कलेजनजिकै दुर्घटनामा परेको हो । प्रहरीका अनुसार उनी सवार गाडी गुडिरहेको बेला अचानक टायर पन्चर भएपछि पोलमा ठोक्किन पुगेको थियो ।
उपचारमा संलग्न स्वास्थ्यकर्मीका अनुसार उनको टाउकोमा चोट लागेको छ ।टाउकोको सिटी स्क्यान गरिएको छ । रिपोर्ट आउन बाँकी रहेको बताइएको छ ।