Media Network

भारतीय जंगलमा दुई युवतीमाथि सामूहिक बलात्कार


खबरस्टोरी संवाददाता

१३ असार २०७९,सोमबार

काठमाडौँ । दाङका दुई नेपाली युवती भारतीय जंगलमा बलात्कृत भएका छन् । नेपाल-भारत सीतावर्ती क्षेत्र मनीपुर बजार गएका दुई युवती भारतीय युवकहरूबाट बलात्कृत भएका हुन् । 

दाङको राजपुर गाउँपालिका-६ निवासी दुई युवती आइतबार बिहान भारतको बलरामपुर जिल्लाको मनीपुर बजारमा घरायसी सामान किन्न गएका बेला भारतीय युवाहरूको  समूहले सामूहिक बलात्कार गरेको खबर  आएको जिल्ला प्रहरी कार्यालयका डीएसपी मुकुन्द रिजालले जानकारी दिए । उनकाअनुसार ६ जना युवती भारतीय बजार जाँदै थिए । तीमध्ये दुई जना बलात्कृत भएको र अन्य ४ जना लुटिएका हुन् ।

कन्चटमा पेस्तोल ताकेर ती चार युवतीलाई  ‘तिमीहरु बोल्यौ भने गोली हानेर मार्दिन्छौँ,’ भनेर धम्काएको पीडितले जानकारी दिएको डीएसपी रिजालले बताए । भारतीय युवाको समूहले युवतीहरूलाई कुटपिट गर्दै कान नाकमा लगाएका गहना, नगद र मोबाइल समेत लुटेका उनको भनाई छ ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद