बझाङमा यार्सा संकलन गर्न गएकी एक महिलाकाे हिम पहिराेमा मृत्यु


खबरस्टोरी संवाददाता
२१ जेष्ठ २०७९, शनिबार
बझाङमा यार्सा संकलन गर्न गएकी एक महिलाकाे हिम पहिराेमा मृत्यु
काठमाडौँ। बझाङमा यार्सा सङ्कलन गर्न गएकी एक महिलाको हिमपहिरोमा परि मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्मा गाउँपालिका १ नाउलाकी करिब ३० वर्षीया सिन्की बोहरा रहेकी छन् ।

बिहीबार राती करिब १२ बजे धनसेरा भन्ने ठाउँमा टेन्टमा सुतिरहेको बेला माथिबाट खसेको हिम पहिरोमा परि बोहराको मृत्यु भएको हो ।

मृतक बोहराको उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी त्यसतर्फ परिचालन गरिएको बझाङ प्रहरी प्रमुख तथा डिएसपी ज्ञानबहादुर विष्टले बताए ।