Media Network

बझाङमा यार्सा संकलन गर्न गएकी एक महिलाकाे हिम पहिराेमा मृत्यु


खबरस्टोरी संवाददाता

२१ जेष्ठ २०७९,शनिबार

काठमाडौँ। बझाङमा यार्सा सङ्कलन गर्न गएकी एक महिलाको हिमपहिरोमा परि मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्मा गाउँपालिका १ नाउलाकी करिब ३० वर्षीया सिन्की बोहरा रहेकी छन् ।

बिहीबार राती करिब १२ बजे धनसेरा भन्ने ठाउँमा टेन्टमा सुतिरहेको बेला माथिबाट खसेको हिम पहिरोमा परि बोहराको मृत्यु भएको हो ।

मृतक बोहराको उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी त्यसतर्फ परिचालन गरिएको बझाङ प्रहरी प्रमुख तथा डिएसपी ज्ञानबहादुर विष्टले बताए ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद