उनलाई आज मंगलबार काठमाडौंको नयाँ बानेश्वर क्षेत्रबाट पक्राउ गरिएको सिआईबीले जानकारी दिएको छ । गोरखाको पालुङटार नगरपालिका वडा नं.२ घर भई हाल काठमाडौंको नार्गाजुन नगरपालिका वडा नं १ रानीवन बस्ने ५१ वर्षिय सापकोटालाई बैंकिङ कसुरको आधारमा पक्राउ गरिएको हो । सापकोटाले नेपाल बङ्गलादेश बैंक लिमिटेड मैतीदेवी शाखामा रहेको आफ्नो खाताबाट रकम भुक्तान हुने भनी उक्त बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालालाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै उच्च अदालत पाटनले वैंकिङ् कसूरका मुद्दामा २०७८ पुस दुई गते बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ बमोजिमको कसूरमा जम्मा पाँच दिन कैद र १२ लाख रुपैंयाँ जरिवाना हुने ठहर गरेको सिआईबीले जनाएको छ ।
अदालतको आदेश लगत्तै फरार रहेकी सापकोटालाई सिआईबीको फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागी परिचालित टोलीले मंगलबार काठमाडौंको बानेश्वरबाट पक्राउ गरेको हो । पक्राउ परेकी सापकोटालाई मंगलबार नै फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालतमा पेश गरिएको सिआईबीले जनाएको छ ।