उच्च अदालत पाटनले बैंकिङ कसूर मुद्दामा २०७८ पुष २ गतेको फैसलाले ५ दिन कैद र १२ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेकी उनलाई नेपाल प्रहरी प्रधान कर्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं बानेश्वरबाट पक्राउ गरेको हो ।
सापकोटाले आफ्नो बैंक खातामा पर्याप्त रकम नभएको जानी–जानी नेपाल बङ्गलादेश बैंक लिमिटेड मैतिदेवी शाखामा रहेको खाताबाट रकम भुक्तान हुने भनी पीडितलाई दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले उनी उपर उक्त फैसला गरेको थियो ।
उनलाई फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालतमा पेश गरिएको छ ।