बैंकिङ कसूर मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ


खबरस्टोरी संवाददाता
१८ असार २०७९, शनिबार
बैंकिङ कसूर मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ
काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ परेका छन् । ललितपुर महालक्ष्मी नगरपालिका–१ इमाडोल बस्ने महोत्तरी लोहरपटी नगरपालिका–७ घर भएका २८ वर्षीय गौरभ शर्मा र काठमाडौं तारकेश्वर नगरपालिका–१० मनमैजू बस्ने धादिङ नेत्रवती डबजोङ् गाउँपालिका–५ घर भएका ३१ वर्षीय प्रेमबहादुर गुरुङलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो । 

बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनको २०७९ वैशाख ५ गतेको फैसलाले शर्मालाई ११ दिन कैद र ५५ लाख रुपैयाँ जरिवाना तथा २०७९ वैशाख ४ गतेको फैसलाले गुरुङलाई २ दिन कैद र ९ लाख ९० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनीहरुलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–४ बालुवाटारबाट पक्राउ गरेको हो । 

उनीहरुले पर्याप्त मौज्दात रकम नभएको खाताबाट रकम भुक्तान हुने भनी जानी–जानी पीडितलाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेकोमा अदालतले उक्त फैसला गरेको थियो । उनीहरूलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको छ ।