पक्राउ परेकाहरु मध्ये भण्डारीलाई उच्च अदालत पाटनको २०७८ बैशाख १ गतेको फैसलाले सात लाख पाँच हजार पाँच सय रुपैयाँ जरिवानाको गरेको थियो । सो पश्चात फरार भएका भण्डारीलाई महाशाखाले काठमाडौंको बानियाँटारबाट पक्राउ गरेकोमा आज नैं फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेस गरेको जानकारी दिएको छ ।
ब्रजेश कुमार नायकको जाहेरीले वादी नेपाल सरकार र प्रतिवादी ढुंगाना भएको बैकिङ कसुर सम्वन्धी मुद्धामा उच्च अदालत बिरानटनगरको २०७८ पुस २२ गतेको फैसलाले पक्राउ अनुमती समेत जारी गरेकोमा फरार रहेका प्रतिवादी ढुंगानालाई भने जिल्ला प्रहरी कार्यालय दमकले पक्राउ गरी दाखिला गराईदिन पत्राचार गरेअनुरुप बिहिबार नै काठमाडौंको धुम्वारीबाट पक्राउ गरिएको हो । ढुंगानालाई जिल्ला प्रहरी कार्यालय दमक पठाईएको र ढुंगाना उपर १७ लाख रुपैयाँ बिगो ठहर भएको महाशाखाले जानकारी दिएको छ ।