प्रतिवादी तामाङ्ले पर्याप्त मौज्दात रकम नभएको ज्योति विकास वैंक लिमिटेड, जोरपाटी शाखामा रहेको निजको नामको खाताबाट रकम भुक्तान हुने भनी जानी–जानी जाहेरवालालाई झुक्यानमा पारी बिसं २०७७ फागुन १७ गते दिएको चेकको रकम भुक्तान हुन नसकेको भन्ने बैंकिङ् कसूर मुद्दामा निज प्रतिवादीलाई सम्मानित उच्च अदालत पाटनबाट बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ बमोजिम सात दिन कैद र १८ लाख ६० हजार रुपैंयाँ जरिवाना ठहर भएको थियो ।
सो पश्चात उक्त सजाय वेरुजू भई फरार रहेका निजलाई यस केन्द्रीय अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवम् पक्राउका लागि परिचालित टोलीले सोमबार भैसेपाटी, ललितपुरबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि आजै ललितपुर जिल्ला अदालतमा पेश गरेको सीआईबीले जानकारी दिएको छ ।