सिआईबीका अनुसार खड्केले महालक्ष्मी बिकास बैंकको न्युरोडमा रहेको आफ्नो नाउँको खाताबाट रकम भुक्तान हुने भने पर्याप्त रकम नभएको चेक जानी जानी झुक्यानमा पारी जाहेरवालालाई दिएको र सो चेक भुक्तान हुन नसकेपछि उच्च अदालत पाटनले बिसं २०७७ फागुन नौ गते प्रतिवादी खड्केलाई बैंकिङ कसुर तथा सँजाय ऐन २०६४ बमोजिम ३६ लाख रुपैयाँ जरिवाना र सात दिन कैदको फैसला तोकिएको थियो ।
खड्केलाई सिआईवीको फरार प्रतिवादीको खोजतलास एवं पक्राउको लागि परिचालित टोलीले पक्राउ गरेको हो । खड्ेकालाई बुधबार नै फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेस गरिएको सिआईबीको भनाई छ ।