Media Network

बैंकिङ कसुर मुद्धाका फरार प्रतिवादी थापा पक्राउ


खबरस्टोरी संवाददाता

११ चैत्र २०७८,शुक्रबार

काठमाडौं । बैंकिङ कसुर मुद्धाका फरार प्रतिवादी  पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखा मिनभवनका अनुसार बाराको सिमरा उपमहानगरपालिका घर भई हाल काठमाडौको बुढानिलकण्ठ वडा नं ८ बस्ने ६८ बर्षिय कृष्ण बहादुर थापालाई पक्राउ बिहिबार पक्राउ गरिएको हो । 

रविन्द्र थापाको जाहेरीले बैंकिङ कसुर मुद्धामा उच्च अदालत पाटनबाट बिसंं २०७७ मंसिर २२ गतेको फैसलाले प्रतिवादी कृष्ण बहादुर थापालाई एक करोड २५ लाख रुपैयाँ बिगो बापतको जरिवाना र सो बमोजिम हुने व्याज समेतको बिगो दाखिला गर्नुपर्ने फैसला तोकेको थियो । तर प्रतिवादी थापा उक्त रकम दाखिला नगरी फरार रहेकाले २०७८ फागुन २० गते काठमाडौ जिल्ला अदालतबाट एक बर्ष कैद सँजाय र पक्राउ पुर्जी जारी भएका थापालाई जिल्ला प्रहरी कार्यालय बारासंग समन्वय गरी महानगरीय अपराध महाशाखाले यही चैत १० गते बाराबाट पक्राउ गरेको हो । पक्राउ परेका थापालाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेस गरेको महाशाखाले जनाएको छ ।  


Share:
Reaction :
ताजा समाचार
खेलकुद