Media Network

बैंकिङ कसुर मुद्धाका तीन जना फरार प्रतिवादीहरु पक्राउ


खबरस्टोरी संवाददाता

२८ फाल्गुन २०७८,शनिबार

काठमाडौं। बैंकिङ कसुर मुद्धाका तीन जना फरार प्रतिवादीहरु पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखा मिनभवनका प्रवक्ता एवं सुचना अधिकृत प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोईरालाका अनुसार उपत्यकाका बिभिन्न स्थानबाट बैंकिङ कसुर मुद्धाका तीन जना फरार प्रतिवादीहरुलाई बिहिबार र शुक्रबार पक्राउ गरिएको हो । 

महाशाखाका अनुसार पक्राउ परेकाहरु मध्ये गोरखाको घर भई हाल काठमाडौंको गोंगुबमा बस्दै आएका २५ बर्षिय निसम बि. क. लाई मौसम उपाध्यायको जाहेरीले गोंगुबाट पक्राउ गरिएको हो । बि. क उपर बैंकिङ कसुर सम्वन्धी मुद्धामा उच्च अदालत पाटनबाट पक्राउ पुर्जी समेत जारी भएकोमा बिहिबार गोंगबुबाट पक्राउ गरिएको प्रवक्ता कोईरालाले जानकारी दिएका छन् । पक्राउ परेका बिकलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाईएको छ । 

मकवानपुरको हेटौडा घर भई हाल काठमाडौको मनमैजु बस्ने ३२ बर्षिय मुन्दिप भुजेल पनि बैंकिङ कसुर मुद्धामा पक्राउ परेका छन् । भुजेल उपर उच्च अदालत पाटनको बिसं २०७८ मंसिर १२ गतेको फैसलाले नौ लाख रुपैयाँ जरिवाना र चार दिन कैदको फैसला तोकिएको थियो । फैसला पश्चात फरार भएका भुजेललाई बिहिबार मनमैजुबाट पक्राउ गरिएकोमा फैसला कार्यान्वयनको लागि शुक्रबार काठमाडौं उच्च अदालतमा पेस गरिएको प्रहरी उपरीक्षक कोईरालाले बताएका छन् । 

बैंकिङ कसुर सम्वन्धी मुद्धामा शुक्रबार पनि एक महिला पक्राउ परेकी छन् । उच्च अदालत पाटनको २०७८ मंसिर २१ गतेको फैसलाले नौ लाख ९० हजार रुपैयाँ जरिवाना र तोकी फरार रहेकी गोरखा घर भई हाल रामकोट बस्ने शान्ती कोईराला दवाडीलाई पनि काठमाडौको सितापाईलाबाट पक्राउ गरिएको हो । पक्राउ परेकी दवाडीलाई शुक्रबार नै फैसला कार्यान्वयनको लागि काठमाडौ जिल्ला अदालतमा पेस गरिएको प्रवक्ता कोईरालाले जानकारी दिएका छन् ।   


Share:
Reaction :
ताजा समाचार
खेलकुद