काठमाडौँ। बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखा मिनभवनले बाराको साविक अमरपट्टी गाविस वडा नं ४ परिवर्तित पंचरौता नगरपालिका वडा नं ८ घर भई हाल काठमाडौंको महाराजगञ्ज बस्ने राम एकवाल चौधरीलाई आईतबार लाजिम्पाटबाट पक्राउ गरेको जानकारी दिएको छ ।
महाशाखाका अनुसार चौधरी उपर बिसं २०७७ चैत्र २१ गतेको फैसलाले आठ लाख ७५ हजार रुपैयाँ जरिवाना र चार दिन कैदको सँजाय हुने फैसाला भएको थियो । पक्राउ परेका चौधरीलाई सोमबार नै फैसला कार्यान्वयनको लागि काठमाडौ जिल्ला अदालतमा पेस गरिएको महाशाखाको भनाई छ ।