काठमाडौँ। बैैकिङ कसुरका फरार प्रतिवादी पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखा मिनभवनले अर्घाखाँचीको साविक अर्घातोष वडा नं हाल परिवर्तित मालारानी गाउँपालिका घर भई हाल काठमाडौंको नयाँ बानेश्वर बस्ने ४९ बर्षिय कृष्ण प्रसाद बण्जाडेलाई पक्राउ गरेको जानकारी दिएको छ ।
उच्च अदालत पाटनको बिसं २०७७ पुस २४ गते र बिसं २०७८ मंसिर २१ गतेको फैसलाले बण्जाडेलाई ११ लाख रुपैयाँ जरिवाना र चार दिन कैदको फैसला सुनाएको थियो । फैसला पश्चात फरार भएका बञ्जाडेलाई बुधबार नयाँ बानेश्वरको थाापागाउँबाट पक्राउ गरी सोही दिन फैसला कार्यान्वयनको लागि काठमाडौ जिल्ला अदालतमा पेस गरिएको महाशाखाले जानकारी दिएको छ ।