पछि जाहेरवालाले चेकमा उल्लेखित रकमको सटहीको लागि बैंकमा पेश गर्दा पर्याप्त रकम नरहेकोले बैंकबाट चेक बाउन्स भएको र प्रतिवादीले बैंक खातामा रकम नभएको भन्ने जानी जानी चेक काटी दिई बैकिङ् कसूर तथा सजाय ऐन २०६४ को दफा ३ (ग) बमोजिम कसूर गरेको हुँदा पीडितले बैंकिङ कसूर मुद्दामा प्रहरी परिसर काठमाण्डौमा पेश गरेको जाहेरी दरखास्त उपर अनुसन्धान गरेको थियो ।
उक्त अनुसन्धानको आधारमा परिसरको टोलीबाट खोजतलास गर्ने क्रममा फरार रहेकी ती महिलालाई शुक्रबार जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको सहयोगमा काभ्रेपलाञ्चोक पनौती नगरपालिका वडा नं ८ बाट नियन्त्रणमा लिई सोही दिन उच्च अदालत पाटन, ललितपुरबाट दिन सात दिनको म्याद लिई थप अनुसन्धान भईरहेको परिसरले जनाएको छ ।