सुवेदीको नाममा १ करोड १० लाख बिगो भएको बैंकिङ कसूरमा मुद्दामा उच्च अदालत पाटन ललितपुरबाट २०७८ फागुन २० गते पक्राउ अनुमति समेत जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं नागार्जुन नगरपालिका–१० स्युचाटारबाट पक्राउ गरेको हो ।
मंगलबार पक्राउ परेका सुवेदीलाई थप अनुसन्धानको लागि प्रहरी वृत्त जनसेवा पठाइएको प्रहरी मुख्यालयले जनाएको छ ।