बैंकिङ कसूरमा गोरखापत्रका पूर्वमहाप्रबन्धक पक्राउ


खबरस्टोरी संवाददाता
९ बैशाख २०७९, शुक्रबार
बैंकिङ कसूरमा गोरखापत्रका पूर्वमहाप्रबन्धक पक्राउ
काठमाडौं– गोरखापत्र संस्थानका पूर्वमहाप्रबन्धक वसन्त प्रकाश उपाध्याय पक्राउ परेका छन्। उपाध्यायलाई ६८ लाख रुपैयाँको चेक बाउन्स गरेको जाहेरीका आधारमा उनलाई काठमाडौं प्रहरी परिसरको टोलीले बिहीबार चन्द्रागिरीबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार यस विषयमा थप जाहेरी आउने क्रम जारी रहेको र अनुसन्धान भइरहेकोे छ।