काठमाडौं महानगरपालिका-१६ बालाजु सडकमा वाग्मती प्रदेश ०२-०२३ प ३७७५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई खोलाको छेउको रेलिङमा ठोकिएर मंगलवार बिहान दुर्घटना भएको हो। मृत्यु हुनेमा काठमाडौं लोलाङ बस्ने २२ वर्षीय सविन परियार छन्।
दुर्घटनामा गम्भीर घाइते भएका उनको पिपुल्स अस्पताल नयाँबजारमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। मोटरसाइकलमा सवार दुर्घटनामा घाइते भएका एक जनाको भने अस्पतालमा उपचार भइरहेको छ।