Media Network

मोरङमा बालिका बलात्कार प्रकरणमा झडप हुँदा प्रहरी महिलाको मृत्यु, बिहानैदेखि कर्फ्यू


खबरस्टोरी संवाददाता

७ चैत्र २०७८,सोमबार

विराटनगर।  मोरङको लेटाङ ५ स्थित शिक्षा विकास माविका मनोज पौडेल नाम गरेका शिक्षकले सोही विद्यालयमा कक्षा ७ मा अध्ययनरत एक छात्रालाई जबरजस्ती करणी गरेको घटना बाहिर आएपछि भएको झडपलाई शान्त पार्ने क्रममा खटिएकी एक प्रहरी महिलाको मृत्यु भएपछि उक्त क्षेत्र तनावग्रस्त बनेको छ । 

हाल  स्थानीय प्रशासनले उक्त्त क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय मोरङले लेटाङ नगरपालिका-५ खेरूवा क्षेत्रमा आज बिहान ७ बजेदेखि अर्को आदेश नहुञ्जेलसम्म कर्फ्यू जारी गरेकाे हाे ।

कक्षा ६ मा अध्ययनरत एक छात्रालाई शिक्षकले यौन दुर्व्यवहार गरेपछि उनलाई प्रकाउ गर्न छाडेर उल्टै सुरक्षा दिएकाे भन्दै आक्रोशित स्थानीय प्रहरीमाथि नै जाइलागेका थिए । 

सोही क्रममा प्रहरी जवान उर्मिला श्रेष्ठको घाँटीमा छुरा प्रहार भएको थियो । उनलाई काेसी‍ प्रादेशिक अस्पताल लगिएकाे थियाे । तर, चिकित्सकले मृत घाेषणा गरे । घटनामा मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) जनार्दन जिसीसहित २५ जना घाइते भएका छन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद