सौन्दर्य प्रतियोगितामा सहभागी एक युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका पाण्डेमाथि थप अनुसन्धानका गर्न प्रहरीले अदालतबाट ७ दिनको म्याद पाएको हो । यसअघि पहिलोपटक ५ दिनको म्याद दिएको थियो ।
पाण्डेमाथि सौन्दर्य प्रतियोगितामा सहभागी एक युवतीले आफूमाथि ८ वर्ष पहिले बलात्कार गरेको आरोप सामाजिक सञ्जालमार्फत लगाएकी थिइन् । त्यसपश्चात पाण्डेलाई पक्राउ गरी कानून अनुसार कारबाही गर्न सडक, सदन र सामाजिक सञ्जालबाट तिव्र दबाब आइरहेको थियो।
बलात्कार आरोपमा पाण्डे पक्राउ परे पनि हद म्याद सकिएकाले उनीमाथि प्रहरीले मानव बेचविखन तथा ओसारपसारको कसुरमा अनुसन्धान गर्ने तयारी गरेको छ।
यस घटनापछि हाल बलात्कार कसुरमा हद म्याद हटाउनु पर्ने माग पनि चर्किएको छ ।