युवतीले आफूलाई होटलमा बन्धक बनाइ वडाध्यक्ष राईले बलात्कार गरेको जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । शुक्रबार राति हिलेबाट तेह्रथुमको बसन्तपुर बजारस्थित एक होटलमा लगेर बन्धक बनाई बलात्कार गरेको जाहेरीमा उल्लेख रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी चिरञ्जिवी दाहालले जानकारी दिए ।
उनले घुम्न जाने बहानामा सहिदभूमि गाउँपालिकाको खोकुबाट तेह्रथुमको बसन्तपुर बजारमा पुर्याएको र घर फर्कन ढिलाइ हुने बहाना बनाएर आफूमाथि रातभर जबर्जस्ती गरेको पीडितको भनाइ छ । पक्राउ परेका ३८ वर्षीय वडाध्यक्ष राईलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी थप अनुसन्धानको प्रक्रिया अघि बढाइएको प्रहरी प्रमुख एसपी लक्ष्मीराज अधिकारीले बताए ।