उनलाई बाँके जिल्ला अदालतले पाँचलाख धरौटी लिएर रिहा गरेको हो । जुम्लाकी एक ४० वर्षिया महिलाले आफुलाई नेपालगँन्ज स्थित अप्सरा होटलमा बोलाएर जबरजस्ती करणी गरेको भनेर बाँके प्रहरीमा जाहेरी दिएकी थिहीन् । सोही जाहेरीका आधारमा बाँके प्रहरीले सांसद समेत रहेका बानियाँलाई नेपालगन्ज एअरपोर्टबाट पक्राउ गरेको थियो ।
१७ दिनको हिरासदको अनुसन्धान पश्चात सांसद बानियाँ धरौटीमा रिहा भएका हुन् ।आरोपित बानियाँ धरौटीमा रिहा भएकोले पिडित महिलाले न्याय नपाउने भन्ने चिन्ता थपिएको छ । सांसद बानियाँ धरौटीमा रिहा भएपनी मुद्दा भने अदालतमा विचाराधीन रहेको छ । जसको अन्तिम फैसला हुन भने बाँकी नै छ ।