काठमाण्डौँ । बलात्कार सम्बन्धि मुद्धामा हदम्याद हटाउन माग गर्दै राष्ट्रिय सभामा संकल्प प्रस्ताव पेश गरिएको छ ।
नेपाली कांग्रेसकी सांसद कमल पन्तको प्रस्तावमा बिमला राई पौडेल, बिमला घिमीरे, गंगा कुमारी बेलबासे, तुल प्रसाद विश्कर्मा, खिमलाल देवकोटा लगाएतका सांसदहरुको समर्थनमा राष्ट्रिय सभामा संकल्प प्रस्ताव पेश गरिएको हो छ ।
प्रस्तावमा बाल यौन दुव्र्यवहारको कसुरमा सजाएको लागि उजुरी दिने हदम्याद सम्बन्धी व्यवस्था पूर्ण रुपमा हटाउने र बालबालिका बाहेक अन्यको हकमा समेत बलत्कार जस्तो जघन्य अपराधमा उजुरी दिने हदम्याद सम्बन्धी व्यवस्थाको पुनरावलोकन र पुर्नविचार गरी आवश्यक संशोधन गर्न माग गरिएको छ ।