Media Network

बलात्कारको आरोपित मनोज पाण्डेलाई पाँच दिन थुनामा राख्न अदालतको अनुमति


खबरस्टोरी संवाददाता

९ जेष्ठ २०७९,सोमबार

काठमाडौं । किशोरी बलात्कारको आरोप लागेका मनोज पाण्डेलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

हदम्यादका कारण जिल्ला अदालत काठमाडौंले मानव बेचबिखनको कसुरमा पाण्डेलाई थुनामा राख्न अनुमति दिएको हो ।

सुन्दरी प्रतियोगिताका आयोजक तथा कन्सल्टेन्सी सन्चालकसमेत रहेका पाण्डेले ८ वर्षअघि बलात्कार गरेको भन्दै एक किशोेरीले सामाजिक सन्जालमा भिडियो सहित  घटनाबारे बताएकी थिईन् ।सो आरोपसँगै अर्की एक किशोरीले पनि पाण्डेविरुद्ध यौन दुर्व्यवहारको आरोपसहितको उजुरी दिएकी छन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद